mavibaraha3@gmail.com
9842533733
Latest Notice / News
Could not load news.
Please try again.
संक्षिप्त परिचय
संक्षिप्त परिचय
नेपालको कोशी प्रदेश, सगरमाथा अञ्चल, उदयपुर जिल्लाको उत्तरी भेगमा अवस्थित लिम्चुङबुङ गाउँपालिका वडा नं. ३ बाराहा ( साविक गा.वि.स. बाराहा वडा नं. ३ र ४ को बीचमा समुन्द्र सतह देखी करिब १,६०० मिटर उचाईमा रहेको छ समुन्द्र देखी करिव १,६०० मिटर उचाइमा महाभारत पर्वत अर्न्तगत सदरमुकाम गाईघाट देखि २१ कोष उत्तर गा.वि.स. बाराहा वडा न ३ मा श्री महेन्द्र मा.वि.(१-१०) सिर्वानी बाराहा रहेको छ । यस विद्यालयको स्थापना विधिवत रुपमा वि.सं. २०१८ सालमा श्री महेन्द्र प्रा. वि. सिर्वानी बाराहाको नाम र ठेगानाले स्थापना भएको थियो । यो विद्यालय स्थानीय बुद्धिजिवी तथा शिक्षप्रेमी बाराहा ४ निवासी चन्द्र बहादुर घलेको सक्रिय नेतृत्वमा स्थानिय समाजसेवी बृद्धिजिवीहरु कर्ण बहादुर घले, केशर बहादुर कार्की, अमर बहादुर खत्री, सिंह बहादुर खत्री, रण बहादुर मगर, सम्मर बहादुर खत्री, बम बहादुर खत्री लगायतको विशेष सहयोगमा बाराहा - ३ मा स्थापना भएको थियो । गाउँले समुदायले नगद, जिन्सी सङ्कलन तथा देउसी-भैलोबाट रकम जम्मा गरी १५ जना विद्यार्थीबाट संञ्चालन गरिएको यो विद्यालय पात्लेको खांबा, खरको छाना लगाई निर्माण गरिएको थियो । यस विद्यालयका पहिलो संञ्चालक समिति अध्यक्ष अम्मर बहादुर खत्री र प्रधानाध्यापक नारायण गौतम खत्री हुनुहुन्थ्यो । शुरुमा कक्षा १ देखी कक्षा ५ सम्म लगातार संञ्चालन गरिएको यो विद्यालय वीचमा कक्षा १-३ सम्म मात्र संञ्चालन गरिएको थियो भने वि.सं. २०४१ सालमा कक्षा ४ र २०४२ सालमा कक्षा ५ स्वीकृत भई संञ्चालन गरिएको थियो । बुद्धिजिवी, समाजसेवी एवम् शिक्षाप्रेमी लोक बहादुर कार्की, शिक्षकहरु राज बहादुर कार्की, मदन बहादु खत्री, पदम खत्रीको सल्लाह सुझाव तथा शिक्षाप्रेमीहरु इन्द्र बहादुर कटवाल, रुद्र बहादुर कटवाल, क्षेत्र बहादुर थापामगर, खुस बहादुर मगर, बम बहादुर राउत, भक्त बहादुर मगर, राम बहादुर कार्की, बिर्ख बहादुर खत्री, टक बहादुर मगर लगायतका स्थानिय समुदायहरुको सक्रियतामा नगद जिन्सी चन्दा सङ्कलन गरी वि.सं. २०५१ सालदेखि कक्षा ६ बाट निजी श्रोतमा संञ्चालन गरिएको थियो । यस विद्यालयले मिति २०५१।०१।११ मा कक्षा-६, २०५२।०१।२४ मा कक्षा-७, २०५४।१०।३० मा कक्षा-८, २०५५।०३।२१ मा कक्षा ९ र २०५६।०८।२९ मा कक्षा १० को क्षेत्रिय शिक्षा निर्देशनालय धनकुटाबाट अनुमति प्राप्त गरी हाल कक्षा १-५ सम्म स्वीकृत र ६-१० सम्म निजी श्रोतमा संञ्चालन भइरहेको छ । अहिले यस विद्यालयमा प्रा.वि.मा २ जना स्थायी, २ जना राहत र १ जना निजी गरी ४ जना, नि.मा.वि.मा १ जना स्थायी, २ जना राहत र १ जना गाउँपालिका स्वयंसेवक गरी ४ जना, मा.वि.मा ३ राहत र १ जना गाउँपालिका स्वयंसेवक शिक्षक गरी ४ जना , विद्यालय नर्स १ जनाको दरवन्दी रहेको तर हाल कुमारी गदालले मिति२०७९ फागुन १० गते राजिनामा दिए पश्चात रिक्त रहेको, वालबिकास स.का.१ जना, कार्यालय सहायक ( लेखापाल ) १ जना र कार्यालय सहयोगी १ जना गरी जम्मा १६ जना शिक्षक कर्मचारीहरुको दरवन्दी रहेको । हाल यस विद्यालयका वि.व्य.स. अध्यक्ष श्री गुरुमणि कुमाई , नि.प्र.अ. युबराज खत्री र शि.अ. स. अध्यक्ष कृष्ण कुमार कार्की हुनुहुन्छ ।
Could not load attraction section.
Please try again.
Contact

Reach us using the contact details below.

Address
Limchungbung-3,Baraha, Udayapur
Phone
9842533733
Email
mavibaraha3@gmail.com
Website
mahendrabaraha.edu.np
Fax
-
Guardian Feedback

We value your feedback and suggestions. Please share your concerns to help us improve our services and provide a better learning environment for students.

Captcha Image
Could not load team section.
Please try again.
Could not load guardian section.
Please try again.
Could not load teaching staff section.
Please try again.
Could not load contract teacher section.
Please try again.
Could not load staff section.
Please try again.